काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।
बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । आइतबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच विधेयकलाई निष्कर्ष पुर्याउने सहमति भएको थियो ।
आजै सत्तारुढ गठबन्धनको पनि बैठक बस्दैछ ।