नेपाल आउँदै आयरल्याण्डको क्रिकेट टिम  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल आउँदै आयरल्याण्डको क्रिकेट टिम 


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज आइतबार आयरल्याण्ड एले नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ ।

जस अनुसार आयरल्याण्ड एले नेपालसँग मार्च २४ र मार्च २५ मा टी-२० खेल खेल्ने छ । मार्च २८, २९ र ३० मा नेपाल ए र आयरल्याण्ड ए बीच टी-२० खेल हुने छ ।

यस्तै अप्रिल ३, ५ र ७ नेपाल ए र आयरल्याण्ड एबीच एक दिवसीय खेल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस