काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन्।
उनले काँग्रेसले नेपालमा भएका उद्योगहरूलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए। उनले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि नि किनिएको बताए।
आइतबार संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको जिकिर गरेका छन्।







