नापी सर्भेक्षकसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नापी सर्भेक्षकसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्भेक्षक सहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले सेवाग्राहीसँग घुस रकम लिई भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र  लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

अख्तियारको टोलीले सर्भेक्षक चौलागाईं र लेखापढी कर्मचारी पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो । 

सम्बन्धित समाचार : सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा

Tags :
प्रतिक्रिया दिनुहोस