सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा


२४ माघ २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आज नापी कार्यालय कलंकीबाट पक्राउ गरेको हो ।

सर्भेक्षक चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस