घरमा आगलागी हुँदा इटहरीमा एक महिलाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घरमा आगलागी हुँदा इटहरीमा एक महिलाको मृत्यु


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । इटहरीमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कटुवाल छोरा-बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आएकी र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस