मालपोत अधिकृत र नासु भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मालपोत अधिकृत र नासु भ्रष्टाचार मुद्दामा दोषी ठहर


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर गरेको छ । 

अर्याल र टराईसँगै वीरगञ्ज महानगरपालिका-२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका हुन्।

कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरूले फाइदा लिइ नेपाल सरकारलाई हानी पुर्‍याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस