२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनबाट राष्ट्रिय एकताको सन्देश दिएको प्रधानमन्त्रीको दाबी 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको दाबी गरेका छन् ।

‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकार र नीति क्षेत्रको नयाँ संकल्पको पनि उद्घाटन समारोह पनि भएको बताए ।

उनले भने, ‘आज जुन सार तत्त्वका साथ उद्घाटन भएको छ, यो सामान्य भरतपुर भ्रमण वर्षको मात्रै उद्घाटन भएन । यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरूको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह भयो । समृद्धिको नयाँ यात्रामा हामी सबै एकै ठाउँमा छौँ भन्ने सन्देश पनि गयो । यहाँ प्रतिनिधित्व र उपस्थितिलाई हेर्दा भरतपुर र चितवन मात्रै होइन सिंगो राष्ट्रको समुद्घाटन समारोहजस्तो भयो ।’

उनले चितवनको जनप्रतिनिधिको रूपमा आफूले धेरै काम गरेको दाबी गरे । अहिले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए ।

उनले भने, ‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे-जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धिहरू हुन् ।’

राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुङ्गा साबित हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस