केन्द्र प्रमुख डा. अर्याललाई हटाउने सरकारको तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केन्द्र प्रमुख डा. अर्याललाई हटाउने सरकारको तयारी 


१७ फाल्गुन २०८०, बिहिबार


धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्याललाई जिम्मेवारीमुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ । उनलाई हटाउनका लागि टिप्पणी उठिसकेको छ, ती स्रोतले भने । 

अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन लागिएको हो । 

सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याललाई सामाजिक विकास मन्त्रालयले उनलाई ३० फागुन २०७९ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिइएको थियो । 

एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा मिलेमतो गरेको भन्दै प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन गरिरहेकोले छानबिन नसकिँदासम्म उनलाई जिम्मेवारीमुक्त गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो तर मन्त्रालयले अर्याललाई पदमुक्त गर्ने अधिकार नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्राचार गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस