राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय भएको छैन तर काँग्रेसप्रति शंका छ : ‘प्रचण्ड’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय भएको छैन तर काँग्रेसप्रति शंका छ : ‘प्रचण्ड’


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा लिखित निर्णय नभएको बताएका छन् ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

‘प्रचण्ड’ले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहे पनि पार्टीले लिखित रूपमा कुनै निर्णय नगरेको बताएका हुन् ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रम भिन्न तरिकाले अघि बढेको उनको भनाइ छ ।

उप्रधानमन्त्री ‘प्रचण्ड’ले कोशीमा काँग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको र काँग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको विषय र जनयुद्धको बारेमा बेमौसमको बाजालगायतले आशंका उत्पन्न भएको पनि उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस