हेटौडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४३ सहसचिवको सरुवा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हेटौडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४३ सहसचिवको सरुवा 


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव राज चौलागाईसहित संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार चौलागाईको ठाउँमा राम बाबु पुरी प्रमुख प्रशासकीय अधिकृत भई गएका छन् । 

निकै लामो रस्साकस्सी बीच सहसचिवको सरुवाले पार पाएको हो । ‘जाने’, ‘लैजाने’, ‘माग’ गर्ने र ‘मिलाउने’बीचको तालमेल नमिल्दा कैयन् पटक फेरबदल भएको सूची बिहीबार अपराह्न सार्वजनिक भएको हो । 

माघ अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिवको सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।

सम्बन्धित समाचार : ३३ सहसचिवको सरुवा तथा पदस्थापन सूची प्रधानमन्त्री कार्यालयमा, निर्णय कहिले ? 

केही फेरबदलसहित नयाँ पदस्थापनसमेत गरी २९ जना सहसचिवको सूची पुनः पठाएको थियो । अर्थ मन्त्रालयमा जाने र त्यहाँबाट निकाल्ने सहसचिवका कारण उक्त सूची लामो समयसम्म सुषुप्त बसेको थियो । 

सम्बन्धित समाचार : अर्थले २९ जना सहसचिवको सरुवा बन्धक !

डेगै नचल्ने भएपछि अर्थ मन्त्रालय जान खोज्ने र त्यहाँबाट अन्त पठाउने सहसचिवहरूको नामावली नै हटाएपछि सूचीले केही गति लिएको थियो । 

सम्बन्धित समाचार : ‘अर्थ’ कटाएपछि सहसचिव सरुवा तथा पदस्थापनको टुंगो लाग्यो, ४० हाराहारीमा सूची तय

र, अन्ततः ४० मा तीन जना थपेर सूची सार्वजनिक भयो ।

हेर्नुहोस् सूची 

Tags :
प्रतिक्रिया दिनुहोस