संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रसिया र युक्रेनको युद्धमा नेपालीहरूलाई सहभागी गराइएको भन्दै उक्त विषयमा प्रतिनिधि सभामा छलफल गर्न प्रस्ताव दर्ता गरेको हो ।

राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरू बिना लामा, अनिशा नेपाली र बिना जैसवाल समर्थक रहेर बिहीबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसमक्ष दर्ता गरिएको प्रस्तावमा नेपालीहरूलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ ।

मानव तस्करी गरी युद्धस्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरूको ज्यान बचाउन जरुरी सार्वजनिक प्रस्ताव पेस गरिएको राप्रपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस