प्रधानमन्त्रीले भने-कर्मचारीले निर्णय नगर्दा हुने क्षतिको हिसाब गर्ने बेला भयो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले भने-कर्मचारीले निर्णय नगर्दा हुने क्षतिको हिसाब गर्ने बेला भयो


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति भएको अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिचकिचाउनु नहुने र नपर्ने बताएका हुन् ।

‘कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बनावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु,’ उनले भने । पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारबाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनशाय बढ्दै गएको उनको निष्कर्ष थियो ।

‘सार्वजनिक अधिकारीले कुनै निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्यांकन गर्ने प्रणाली स्थापित हुन जरुरी छ,’ प्रधानमन्त्रीले भने,‘अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको गम्भीर असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस