प्रभु बैंकका डेपुटी सीईओसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रभु बैंकका डेपुटी सीईओसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । 

हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेको हो । बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० बैंकर्स मंगलबार पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार :प्रभु बैंकका डेपुटी सीईओ र सेन्चुरी बैंकका पूर्वसीईओ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस