संघीय संसद्को ओज र गरिमा घट्यो : अग्निप्रसाद सापकोटा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय संसद्को ओज र गरिमा घट्यो : अग्निप्रसाद सापकोटा


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका छन्।

मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसद्को ओज र गरिमा घटेको बताएका हुन्।

उनले संसदमा चयन हुने शब्द र वाक्यहरू संसद्को ओज र गरिमा अनुसार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले संसदमा बोलेको कुराहरूको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भए पनि संसद्को त्यो प्रकारको गाम्भिर्यता कायम हुन नसकेको बताए।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्नेमा जोड दिए। संसद्को गरिमा कायम नहुनुमा आफूले संसद्को नेतृत्व र सांसदहरूलाई भने दोष नदिने स्पष्ट परे। उनले विचारको रिक्तता र शुन्यताका कारण संसद्को लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए।

विचारको शुन्यताका कारण संसद्को मात्र नभई पार्टीहरू र सिंगो राष्ट्रकै लोकतान्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस