नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने हर्क साम्पाङको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने हर्क साम्पाङको घोषणा


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कुनैपनि हालतमा धरानमा विमानस्थल बनाउने घोषणा गरेका छन् । नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने उनको दाबी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ लाई देखाउँदै प्राविधिक तथा व्यवहारिक रूपमा समेत सो स्थानमा विमानस्थल निर्माणको सम्भावना नरहेको बताएको छ ।

सम्बन्धित समाचार : धरानमा विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने बताएका हुन् ।

‘तेरो नियम संशोधन गरेर भएपनि विमान स्थल बनाउनेछौँ १ ज्यादा नखोक् १ संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु.’ उनले लेखेका छन् । संविधान संशोधन गर्न सकिने भन्दै उनले हवाई नीति पनि परिवर्तन गरेर धरानमा विमानस्थल बनाइ छाड्ने मेयर साम्पाङले घोषणा गरेका छन् ।