कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगति सफा गर्न समय लाग्छ : मन्त्री बस्नेत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगति सफा गर्न समय लाग्छ : मन्त्री बस्नेत


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन्।

मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन्।

उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरूले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए। उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्‍याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए।

कर्मचारीहरूले भनेका मानिसहरूलाई पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्नसमेत उनले गरेका छन्। उनले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए।

Tags :
प्रतिक्रिया दिनुहोस