गृह प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पण्डितलाई  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गृह प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पण्डितलाई 


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्र प्रसाद पण्डितलाई दिइएको छ । केहीबेर अघि मात्रै मन्त्री नारायणकाजी श्रेष्ठले शक्तिशाली र महत्त्वपूर्ण मानिने प्रशासन महाशाखा प्रमुखमा पण्डितलाई पठाउने निर्णय गरेका हुन् । 

तत्कालीन महाशाखा प्रमुख केदारनाथ शर्मा कायम मुकायम प्रदेश प्रमुख सचिवमा खटाइएसँगै लामो समय रिक्त हुन पुगेको महाशाखामा पण्डितलाई ल्याइएको हो । ललितपुर प्रमुख जिल्ला अधिकारी रहेका पण्डित बालकुमारी घटनापछि मन्त्रालय झिकाइएको थियो । 

कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शनसँग भएको झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । फागुन ४ गते घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । 

आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस