प्रधान न्यायाधीश श्रेष्ठद्वारा मकवानपुर जिल्ला अदालतको भवन उद्घाटन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधान न्यायाधीश श्रेष्ठद्वारा मकवानपुर जिल्ला अदालतको भवन उद्घाटन


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । मकवानपुर जिल्ला अदालतको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-२ मा नवनिर्मित भवनको उद्घाटन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् ।

२०७७ साल माघ २१ गते सम्झौता भएको भवन निर्धारित समयमानै सम्पन्न भइ प्रधान न्यायाधीश श्रेष्ठले उद्घाटन गरेका हुन् ।

सुविधा सम्पन्न पाँच तल्ले भवनमा भूमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ । भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुइवटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सिसिटिभी, प्रहरी विट, आधुनिक चमेना गृह रहेको छ । जिल्ला अदालतको भवनमा पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् ।

भवनमा पुस्ताकलय, कानुन व्यवसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्ष लगाएको सुविधा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस