३० बिघा सरकारी जग्गा किर्ते गरेको आरोपमा नापी अधिकृतसहित १७२ जनाविरुद्ध मुद्दा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

३० बिघा सरकारी जग्गा किर्ते गरेको आरोपमा नापी अधिकृतसहित १७२ जनाविरुद्ध मुद्दा 


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित १७२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा न्यौपानेसहित १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६ सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।

दमक नगरपालिका-१३ र १४ कायम भएको बालुवाटारका नौ कित्तामा रहेको २९ बिघा १७ कट्ठा चार धुर जग्गा व्यक्तिका नाममा सारिएको अख्तियारको दाबी छ ।

सम्बन्धित समाचार : सरकारी जग्गा हिनामिना गरेको आरोपमा नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस