मन्त्री अख्तियारमा बयान दिन जान्छन्, सरकार सुशासनमा छौँ भन्छ : अमरेश कुमार सिंह « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मन्त्री अख्तियारमा बयान दिन जान्छन्, सरकार सुशासनमा छौँ भन्छ : अमरेश कुमार सिंह


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सरकारको सुशासनको नारा कार्यान्वयन नभइरहेको बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा उनले बहालवाला मन्त्रीहरू माथि नै कयौँ आरोपहरू रहेको भन्दै सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।

‘सरकारका मन्त्री अख्तियारमा झन्डा हल्लाएर बयान दिन जान्छन् सरकार हामी शासनमा छौँ भन्छ । मन्त्री नै बयान दिन जान्छन् भने कस्ता सुशासन हो ?’ उनले प्रश्न गरे ।

कृषि मन्त्रालय खारेज गर्न उनले सुझाव दिए ।

किसानका समस्याहरू सम्बोधन नगर्ने मन्त्रालयलाई कर्मचारीहरूलाई तलब दिएर मात्रै राख्न नहुने उनको भनाइ थियो ।

कृषि मन्त्रालयको खातामा भएको अरबौँ रकम किसानको खातामा पठाऔँ मन्त्रालयले कर्मचारी र मन्त्री पालेर मात्रै काम छैन उनले भने ।

सांसद सिंहले मन्त्री र प्रधानमन्त्रीलाई आफ्नो क्षेत्रको बजेटमा कुनै निर्णय गर्न नसक्ने कानुनी व्यवस्था गरे मात्रै समान विकास हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस