शिशु चोर्ने महिलालाई उच्च रक्तस्राव  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिशु चोर्ने महिलालाई उच्च रक्तस्राव 


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरेको आरोपमा पक्राउ परेकी  दैलेखकी मनकुमारी सिंह अस्पताल भर्ना भएकी छिन् । 

उच्च रक्तस्राव भएपछि सिंहलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । 

शुक्रबार दिउँसो २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज सङ्कलन गरेर अनुसन्धान गरेपछि शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीबाट पक्राउ गरी शिशुको उद्धार गरेको थियो ।

प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको छ । तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तस्राव भएपछि सिंहलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस