उद्धारका लागि रुसी सेनामा कार्यरत २४० नेपालीको निवेदन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उद्धारका लागि रुसी सेनामा कार्यरत २४० नेपालीको निवेदन


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । 

उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् । उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । 

रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । व्यक्तिगत पहल तथा सरकारको पहलमा उनीहरू सकुशल नेपाल फर्किन सफल भएका हुन् ।

रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस