खानेपानी समस्याको दीर्घकालीन समाधानको प्रयास जारी : मन्त्री यादव « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

खानेपानी समस्याको दीर्घकालीन समाधानको प्रयास जारी : मन्त्री यादव


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । खानेपानी मन्त्री महिन्द्रराय यादवले तराई-मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताएका छन् । 

प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको बताएका हुन्।

मन्त्री यादवले दीर्घकालीनरुपमा समस्या समाधानका लागि तराई-मधेसमा रहेका अधुरा खानेपानी ट्याङ्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको बताए । 

“मधेस–प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विकल्प प्राकृतिक पुनर्भरणका रूपमा रहेको चुरे क्षेत्र हो । चुरे संरक्षण नै यसको दिगो समाधान हो”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस