आईएमई पेमा ३६५ रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा सुविधा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आईएमई पेमा ३६५ रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा सुविधा 


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा स्मार्ट हेल्थ (सुरक्षित भव:) नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ । यो सुविधा आईएमई पेमार्फत प्राप्त गर्न सकिने छ ।

यसबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

यो सेवा ३६५ रुपैयाँमा प्राप्त गर्न सकिने छ । जसमार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको  बिमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता,  नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरूसमेत समेटेको छ  ।

डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसेढुंगा साबित हुने विश्वास लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस