हिन्दू राष्ट्रको पक्षमा बहुमत छ, नेतृत्वले आत्मसात् नगरे पार्टीलाई क्षति पुग्छ : शंकर भण्डारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हिन्दू राष्ट्रको पक्षमा बहुमत छ, नेतृत्वले आत्मसात् नगरे पार्टीलाई क्षति पुग्छ : शंकर भण्डारी


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता शंकर भण्डारीले हिन्दू राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत देखिएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले बहुमत सदस्यको लिखित हस्ताक्षरसहित पार्टीलाई बुझाउँदा पनि आत्मसात् नगरेको गुनासो गरेका हुन् ।

उनले भने, ‘काँग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति भन्दा पनि माथि विधान सम्मेलन हुन्छ । यो पार्टीको वैधानिक व्यवस्था हो, त्यस्तो ठूलो बैठकको उपस्थिति सङ्ख्याभन्दा धेरैले लिखित रूपमा पूर्ण प्रतिस्पर्धासहित हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षरसहित बुझाएका छौँ । मलाई कहिलेकाहीँ अचम्म पनि लाग्छ, हाम्रो लोकतान्त्रिक पार्टीभित्र बहुमतको पालना हुनुपर्ने हो । लिखित रूपमा महासमितिको बहुमत सदस्यहरूले बुझाउँदा पनि हाम्रो नेतृत्वले यसलाई आत्मसात् गरेर खुला रूपमा स्वीकारेको छैन । तर, यसले पार्टीलाई क्षति पुग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस