माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

 रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको । आइतबार बिहान बस्छ।’ बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

आजको बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । साथै चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस