काम गर्न नसक्ने र दाग लागेको मन्त्रीलाई घर पठाऔँ : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काम गर्न नसक्ने र दाग लागेको मन्त्रीलाई घर पठाऔँ : गगन थापा


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले जनताले सुशासन र डेलिभरीको कुरा खोजिरहेको बताएका छन् । महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै आगामी निर्वाचनको चिन्ता गर्नुभन्दा पनि अहिले सरकारमा हुँदा काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचारीहरू एउटा पनि नउम्कियोस्, ठूला माछाहरू समातियोस्, यसका लागि कानून बनोस्, कानून बदलोस् । ०४६ पछि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेहरूको सम्पत्ति छानबिन होस् । त्यो कानून काँग्रेसको पहलमा बनाउनुपर्नेछ ।’

उनले आफूहरूमा पनि दाग लागेको समस्या देखाएर मात्रै नभएर समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘मजस्तो सांसददेखि जिम्मेवारीमा रहेका सबैले रिपोर्ट देखाउनुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ, अनि काम गरेर देखाऔँ । काम गर्न नसक्ने वडाध्यक्षलाई टिकट दिनु हुँदैन । भ्रष्टाचारमा मुछिएको व्यक्ति काँग्रेसले वरिपरि राख्दिनँ भन्न सक्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस