१०६३ जनाको हस्ताक्षरसहित हिन्दूराष्ट्रको प्रस्ताव पेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१०६३ जनाको हस्ताक्षरसहित हिन्दूराष्ट्रको प्रस्ताव पेश


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ। गोदावरीमा जारी नेपाली काँग्रेसको महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।

अभियानका संयोजक शंकर भण्डारीले महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । भण्डारीले प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

२०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले नेपाली काँग्रेसभित्रका विभिन्न बैठकहरूमा हिन्दू राष्ट्रको विषय गहन ढङ्गले उठाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस