त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. बराल नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. बराल नियुक्त


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरूको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अध्ययन गरेका थिए ।

सम्बन्धित समाचार : उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ को मापदण्ड पालना गरे-नगरेको अध्ययन गर्दै प्रधानमन्त्री

सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ समक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र  टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारी समेत लिएका थिए । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

सम्बन्धित समाचार : त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

सम्बन्धित समाचार : त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस