टेरामक्स प्रकरणमा मुख्य सचिव डा. अर्याल र मन्त्री बस्नेतको राजीनामा माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टेरामक्स प्रकरणमा मुख्य सचिव डा. अर्याल र मन्त्री बस्नेतको राजीनामा माग


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव डा. वैकुण्ठ अर्यालको राजीनामा माग गरिएको छ । पेशागत महासंघ नेपालले उनीहरूको राजीनामा मागेको हो ।

महासंघको चौथो बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्य सचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

साथै उनले आरोपित द्वयलाई राजीनामा दिई अनुसन्धानलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

महासंघको गत माघ २८ र २९ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।

कार्यक्रममा ट्रेड युनियनमाथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामती कर्मचारीहरूलाई उनीहरूको पेशागत हक अधिकारबाट वञ्चित गराउन नहुने बताए । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस