नेप्सेमा २०.७६ अंकको गिरावट  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेप्सेमा २०.७६ अंकको गिरावट 


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ ।  सेयर बजार परिसूचक नेप्सेमा आज २०.७६  अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घटेर ३५९.५७ विन्दुमा झरेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ४९ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घटेको छ । २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । 

आज उत्पादन समूह १.१४ र फाइनान्स ०.३३ प्रतिशत बढेका छन् । बैंकिङ ०.९६, विकास बैंक ०.८७, होटल तथा पर्यटन १.४८, लगानी १.५४, जीवन बीमा १.०७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा १.४६, अन्य ०.९० र व्यापार समूहमा ०.६० प्रतिशतको गिरावट आएको छ । 

आज जम्मा तीन सय नौ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब  २० करोड ६१ लाख ६७  हजार २५ रुपैयाँमा कारोबार भएका छन् । बजार घटे पनि बुधबारका तुलनामा कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार २ अर्ब २४ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियो ।

घटेको बजारमा पनि समाज लघुवित्त वित्तीय संस्थाको सेयरले भने दिनहुँ सर्किटस्तरको बढोत्तरी कायम राखेको छ । एकै दिन करिब १ सय ९८ रुपैयाँ बढेको समाजको सेयर प्रति कित्ता २ हजार १ सय ७६ पुगेको छ । समाजपछि जोशी हाइड्रोपावर र सामलिङ पावरको सेयर बढेको छ । बोटलर्स नेपालमा दुवै कम्पनी आज चौथो र पाँचौ नम्बरमा रहे । 

रोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । उक्त कम्पनीको सेयर १४ करोड ८७ लाखको कारोबार भएको छ । गुर्खाज फाइनान्सको १४ करोड, जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस