किसानले सडकमा दूध मात्रै पोखे, जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन : माधव सापकोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

किसानले सडकमा दूध मात्रै पोखे, जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन : माधव सापकोटा


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध उत्पादक किसानको व्यवसाय गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले सहरको पैसा गाउँ-गाउँमा लैजाने र आत्मनिर्भर हुँदै गरेको दूध व्यवसाय अहिले गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गाई भैँसीको दूध बेचर जीवन निर्वाह गर्ने, गर्जो टार्ने किसानहरू अहिले मारमा परेको भन्दै उनले दुई हजार दूध उत्पादक सहकारीहरू, ३० हजार रोजगार दाताहरूबाट ५ लाख घरधुरीहरू यो व्यवसायबाट प्रत्यक्ष लाभान्वित रहेको तर डीडीसीले भदौदेखि हालसम्म भुक्तानी नदिँदा किसानहरूमा मारमा परेको बताए ।

‘किसानले सडकमा दूध मात्रै पोखेका छन् जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस