अर्थतन्त्रले धान्न सकेन, यतिधेरै मन्त्री चाहिँदैन : डा. चन्द्र भण्डारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थतन्त्रले धान्न सकेन, यतिधेरै मन्त्री चाहिँदैन : डा. चन्द्र भण्डारी


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाए पनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताए ।

उनले भने, ‘हामीले उत्कृष्ट संविधान बनाएको छौँ । संविधान राम्रा बनाएपछि हाम्रो अर्थतन्त्रले धान्न सकेन । हामी यतिधेरै सांसद, प्रदेश र प्रदेश सभा सदस्य, यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो ? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थमात्रै हो ?

३६ हजार जनप्रतिनिधि र एक लाख कर्मचारी भएपनि जनताको पक्षमा काम गर्न नसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस