परराष्ट्रमन्त्री साउद र चौथाइवालेबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्रमन्त्री साउद र चौथाइवालेबीच भेटवार्ता


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले हिजो भाजपाका विदेश विभागका प्रमुख चौथाईवालेसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध तथा भाजपा र काँग्रेसको सम्बन्धको बारेमा कुराकानी भएको थियो । नेपाल–भारतको सम्बन्ध तथा भाजपा र काँग्रेस पार्टीबीच सम्बन्ध बलियो बनाउन परराष्ट्र मन्त्री साउदले खेलेको भूमिको चौथाइ बेलाले प्रशंसा गरेको बताइएको छ ।

भारतले भुराजनीति र भूअर्थशास्त्रमा बहस चलाउनका लागि यो सम्मेलनको आयोजना गरेको हो । यो कार्यक्रममा ग्रिसका प्रधानमन्त्रीलगायत विभिन्न देशका अधिकारी, सुरक्षा अधिकारी, विदेश मामिलाका जानकारलगायतका उपस्थिति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस