भौतिक पूर्वाधार मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भौतिक पूर्वाधार मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ। अनेरास्ववियु कास्कीलेको बालकुमारी दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेमार्फत अनेरास्ववियु कास्कीले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएको हो ।

प्रतिवेदन थन्काएर नराख्न र दोषीलाई कारबाही गर्नुपर्ने माग आफूहरूले राखेको अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले बताए ।

ललितपुरको बालकुमारीमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मुख्य दोषी ठहर्‍याउँदै गत हप्ता प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो ।

१३ पुसको घटनामा प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस