नेप्से ६.४६ अंकले घट्यो, २ अर्बभन्दा बढीको कारोबार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेप्से ६.४६ अंकले घट्यो, २ अर्बभन्दा बढीको कारोबार


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ जहार ७९९ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ । बाँकी १२ वटा समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
 
आज बोटलर्स नेपाल, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस