गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि छ : झलनाथ खनाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि छ : झलनाथ खनाल


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि रहेको बताएका छन्।

बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको उल्लेख गरे। मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको उनको भनाइ थियो।

‘सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन। हाम्रा दुई जना मन्त्रीहरू हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु रु उहाँहरूलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन्।’ उनले भने। उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको बताए।

‘गठबन्धन चल्नुपर्ने जसरी चल्न सकेको छैन। देशले नयाँ कोर्षको माग गरिरहेको छ, देशका आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोचसहितका कार्यक्रमका साथमा बजेट बनाएर नयाँ ढंगले सरकार आउनुपर्छ’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस