माओवादीलाई बिच्काउनु हुन्न, ओलीले अर्को गठबन्धन गर्ने भनिसके : काँग्रेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीलाई बिच्काउनु हुन्न, ओलीले अर्को गठबन्धन गर्ने भनिसके : काँग्रेस


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठकमा गठबन्धनबारे अहिले बोल्न आवश्यक नभएको नेताहरूले सुझाव दिएका छन् । महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गरेर जानुपर्ने प्रस्ताव आएपछि नेताहरूको मिश्रित प्रतिक्रिया आइरहेको छ ।

सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठीक नपरे बेठीक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताए । उनले कोशीमा काँग्रेसले गठबन्धन गरेर गल्ती नभएको बताए ।

उनले भने, ‘एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै बिच्काउनु हुन्न । गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्नहुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुस्खेको हुन्छ । नामकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुरोध छ ।’

झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने तर्क गरे । उनले भने, गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि १ अहिले हतार किन गर्न त्यति आवश्यक छैन । यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ । गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौँ । गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो । सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके ।’

गठबन्धन नगर्ने कुरा पारित हुन सक्ने भए पनि अहिले नै फैसला गर्ने समय नभएको कैलाली सभापति नारायणदत्त भट्टले बताए । उनले भने, गठबन्धन तत्कालीन आवश्यकता हो, ८४ सम्म देशमा के-के हुन्छ ? कम्युनिष्टहरु एक हुन्छौँ भनेका छन् । अनि के हुन्छ रु काँग्रेस पार्टी भोलि कसरी सफल हुन्छ ।’

रुपन्देही जिल्ला सभापति गठबन्धन आधारभूत आवश्यकता भएको बताए । प्युठान जिल्ला सभापति विष्णु गिरीले गठबन्धन महासमिति बैठकमा प्रवेश पाउनु गलग भएको बताए । उनले भने, गठबन्धनको विषय महासमिति बैठकमा घुसाउनु हुँदैन थियो । ’रसुवाका सभापति पेम्बा छिरिङले पार्टीले केन्द्रले गठबन्धनबारे जबरजस्ती निर्णय लिन नहुने बताए ।

उनले भने, ‘गठबन्धनबारे आवश्यकताका आधारमा निर्णय लिनुपर्छ । जित्ने(हार्न अवस्था जिल्लालाई थाहा हुन्छ, त्यसका आधारमा नै गठबन्धन गरिनुपर्छ । ’स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए ।

‘प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा छ। जनतामा संघीयता महँगो भयो भन्ने चिन्ता बढ्दो देखिन्छ’, थापाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस