दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु  « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । दाङमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ । 

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही बजार नजिकै घोराही उपमहानगरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो। 

उनीहरू दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिको मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा दुर्घटनामा परेको थियो।

डिएसपी मल्लकाअनुसार दुर्घटना स्थलमा साइकल फेला परे पनि तर साइकल चालक भने फेला नपरेको र खोजी भइरहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस