आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित


९ फाल्गुन २०८०, बुधबार


सिन्धुपाल्चोक । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् ।

मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका-४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची-७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका-२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका एक सय ८४ र तिपेनीका एक सय ७२ गरी एक हजार ५१ जनाले सेवा लिएका हुन् । 

शिविरमा सेवा लिन आएकामध्ये एक सय २२ जनामा मोतियाविन्दु फेला परेको र एक सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिए । 

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच  शिविर सञ्चालन गरिएको केन्द्रप्रमुख भट्टले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस