‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनको नाम परिवर्तन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनको नाम परिवर्तन


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले संगठनको नाम परिवर्तन गरेको छ ।

काठमाडौंमा जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले यस अघि अखिल (क्रान्तिकारी) परिवर्तन गरेर अखिल (समाजवादी) राख्ने निर्णय एक केन्द्रीय सदस्यले जानकारी दिए । 

संगठनको २३ राष्ट्रिय सम्मेलनको उद्घाटन राजधानी काठमाडौँको वाल्मिकी क्याम्पस प्रदर्शन मार्गमा आइतबार नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले उद्घाटन गरेका थिए ।

सोमबार बिहानदेखि त्रिभुवन विश्वविद्यालयमा बन्दसत्र सुरु भएको हो । सम्मेलन बिहीबारसम्म सकिने बताइएको छ । नेकपा (माओवादी केन्द्र)सहित माओवादीबाट फुटेर गएका सबैजसो दलका विद्यार्थी संगठनको नाम अखिल (क्रान्तिकारी) नै रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस