राष्ट्रपति पौडेलले भने-अघि बढेको इतिहासको गति कहिल्यै पछाडि फर्कँदैन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेलले भने-अघि बढेको इतिहासको गति कहिल्यै पछाडि फर्कँदैन


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् ।

बौद्ध धर्म, संस्कृति र परम्परा अनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

‘नेपाली जनताले ठुलो बलिदान र संघर्षबाट समावेशीयुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गरेका छन्, यो संविधानले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको छ, यसमा सबै निश्चिन्त हुन म आग्रह गर्दछु,’ राष्ट्रपति पौडेलले भने, ’इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो फर्कँदैन ।’

बुद्ध धर्मले नेपाललाई संसारमा चिनाएको, यसको गरिमा बढाएको र नेपालको मौलिकता झल्काएको उल्लेख गर्दै उनले भने, ‘बुद्ध धर्मले विश्वमा शान्तिको लागि मात्र होइन, ज्ञानको लागि पनि योगदान पुर्‍याएको छ र आत्मिक शक्तिलाई माथि उठाउन पनि योगदान दिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस