श्रीलंकाको जेलमा रहेका नेपालीलाई आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाउने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलंकाको जेलमा रहेका नेपालीलाई आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाउने तयारी


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सरकारले श्रीलंकाको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ ।

नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन् ।

उनीहरूको कैद सजाय मानवीय आधारमा आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पठाउन छ फागुनको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस