देउवाको असहमतिकाबीच आगामी निर्वाचनमा एक्लै लड्ने गगनको प्रतिवेदन पेस (पूर्णपाठ) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देउवाको असहमतिकाबीच आगामी निर्वाचनमा एक्लै लड्ने गगनको प्रतिवेदन पेस (पूर्णपाठ)


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा एक्लै लड्ने प्रस्ताव राखेका छन् ।

महासमितिको बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै गठबन्धनले पार्टीलाई घाटा लागेको निष्कर्षसहित काँग्रेसका नेता कार्यकर्ताले चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवाले असहमति जना थिए । तर, महामन्त्री थापा आफ्नो अडानबाट पछि नहटेपछि देउवा उक्त प्रतिवेदन महासमिति बैठकमा छलफलका गराउन अन्तिम समयमा तयार भएका हुन् ।

एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली काँग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको उल्लेख गर्दै महामन्त्री थापाले गत निर्वाचनमा नेपाली काँग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् ।

प्रतिवेदनको पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस