राष्ट्रिय सभामा पेश भएको अध्यागमन विधेयक फिर्ता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभामा पेश भएको अध्यागमन विधेयक फिर्ता


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सरकारले अध्यागमन विधेयक राष्ट्रिय सभाबाट फिर्ता लिएको छ । चार वर्षअघि आजकै दिन गृह मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गराएको ‘अध्यागमन विधेयक २०७६’ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो ।

उक्त विधेयक २०७६ साल फागुन १५ गते राष्ट्रिय सभामा प्रस्तुत भएपछि २९ गते सामान्य छलफल भएको थियो । सामान्य छलफलपछि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफलका लागि २०७६ साल चैत ३ गते पठाइएको थियो ।

समितिमा करिब दुई वर्ष समय लगाएर दफावार छलफलपछि २०७९ साल असार ५ गते विधायन व्यवस्थापन समितिले विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको थियो । उक्त विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा पेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस