विष्णुमती करिडोरका अवैध संरचना हटाउन सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विष्णुमती करिडोरका अवैध संरचना हटाउन सुरु


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । टोखास्थित विष्णुमती नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमती नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।

नगरपालिकाका अनुसार सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएको हो । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।

उक्त समितिले आज टोखा नगरपालिका-८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमती करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस