मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुङ्गिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुङ्गिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् । मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले ज्वालाको विषय अध्ययन भइरहेको बताए । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रधानमन्त्री ‘प्रचण्ड’को भनाइ थियो ।

बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन् ।

उनको विषयमा अब के हुने भन्नेबारे अन्यौलता रहेकै बेला प्रधानमन्त्री ‘प्रचण्ड’ले आजै यो विषय टुङ्गो लगाउने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस