कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । 

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् । 

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस