पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ  « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ 


७ फाल्गुन २०८०, सोमबार


पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो । 

भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउँपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु रहेका छन् । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको कन्टेनर ९डिब्बा ट्रक० नियन्त्रणमा लिइएको हो । धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं को ट्रकमा खाली पानीको बोतलभित्र लुकाइछिपाइ ल्याएर कन्टेनर लोड गर्ने क्रममा ३९ पोका गाँजा बरामत गरिएको थियो ।

पक्राउ परेका थारु सोही ट्रकका सहचालक र  दाहाल कन्टेनरका चालक रहेको उनले जानकारी दिए । ट्रकका चालक भने फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस